प्याब्सन १४ औं केन्द्रीय महाधिवशेनको उपाध्यक्षमा मेरो जित सुनिश्चित छ : दीपिका थापा रिमाल (भिडियो सहित)



२७ फागुन २०७५, काठमाडौं

नीजि तथा अवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रिय उपाध्यक्ष दीपिका थापाले सरकारले नीजि विद्यालयहरुको लागि अभिभाकत्व निर्वाह नगरेको बताएकी छिन् । परिवर्तन टिभीले संचालन गरेको प्याब्सन केन्द्रीय महाधिवेशन विशेष कुराकानीमा परिवर्तनकर्मी बिश्व आचार्यसँग कुरा गर्दै थापाले त्यस्तो धारणा राखेकी हुन ।

प्याब्सन १४ औं महाधिवेशन केन्द्रीत विशेष कुराकानीको क्रममा उपाध्यक्षका प्रत्यासी दीपिका थापा रिमालसँग गरिएको कुराकानीको भिडियो :

आफुले खुलातर्फ केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिन लागेको उल्लेख गर्दै धेरै प्याब्सनिष्टहरुले बिश्वास गरेकै कारण आफुले उपाध्यक्षसम्म आइपुगको र यसपटकको महाधिवेशनमा पनि निरन्तरता हुने बताइन् । उनले भनिन् धेरै साथीहरुले मलाई बिश्वास गर्नु भएको छ । यसले मलाई नीजि विद्यालयको पक्षमा काम गर्ने अबसर मिलिरहेको छ ।

एक प्रसङ्गमा उनले भनिन् मैले आज सम्म महिलाको रुपमा नभई एक पुरुष बराबर संघर्ष गरिरहेको बताइन् ।

आफुले ५९ साल देखिनै हरेक पद दोहोर्याएर नेतृत्व गरेर आइरहेकोले आफूमा अनुभव वृद्धि भईरहेको बताइन् । आफू पुरुष सरह प्रतिस्पर्धा गर्न सक्षम भएकाले आफुले खुल्ला तर्फ उम्मेदवारी दिएको कुरा बताइन ।

सरकारी शिक्षालाई सरकारले ब्यबस्थित बनाउनु पर्ने र नीजि बिद्यालयले निर्बाध रुपमा कम्पनि मार्फत चल्न पाउनु पर्ने बताइन् ।

सरकारले ल्याएका विधयेक नीति नियम व्यवहारिक नभएको र त्यसलाई ब्यबहारिक बनाउनु पर्नेमा जोड दिइन ।

प्रतिक्रिया दिनुहोस्