काठमाडौंमा किराँत राई प्राज्ञिक गोष्ठी आयोजना



०३ फाल्गुन २०७५, काठमाडौं

किराँत राई भाषा, संस्कृति र इतिहासलाई पुस्ता हस्तान्तरण तथा संरक्षण गर्न प्राज्ञिक गोष्ठी आयोजना गरिएको छ ।

लेख्न बाँकी किराँत सभ्यता र इतिहासलाई अभिलेखन गरि कसरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने विषयमा सो कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार र शनिबार हुने गोष्ठीमा किराँत इतिहास, समाज, खम्बुवानबाट हराएका सन्तानहरु, मुन्धुम दर्शन, भाषा, संस्कार तथा संस्कृतिका बारेमा छलफल तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । यसअघि किराँत संस्कृतिका बारेमा २०३९ मा झापामा प्राज्ञिक गोष्ठी भएको थियो ।

गोष्ठीमा प्रा.डा. नोबलकिशोर राई, किराँत राई यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई, पूर्वकुलपति बैरागी काइँला, कुलपति गंगाप्रसाद उप्रेतीलगायतका थुुप्रै प्राज्ञिक व्यक्तित्वहरु उपस्थित छन् । भाषाशास्त्री, समाजशास्त्री, संस्कृतिविद्, सरोकारवालासहित झण्डै १५० जनाको सहभागिता छ । किराँत समुदायको संस्कार र संस्कृतिप्रति चासो राख्ने, अध्ययन तथा अनुसन्धान गरेका गैरकिराँत प्राज्ञहरु पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्