ब्रेकअपपछि नेहाले पाइन् भ्यालेनटाइन को यस्तो सरप्राइज



०२ फागुन २०७५, काठमाडौँ

नेहा कक्कड बलिउडकी हिट सिंगर हुन् । उनले बलिउडमा धेरै सफल गीतहरु गाइसकेकी छिन् । पछिल्ला दिनहरुमा उनी आफ्नो लब र ब्रेकअपका कारण चर्चामा छिन् । केहिसमय अघि उनको ब्रेकअप भएको थियो । त्यतिबेला उनी निकै टुटेकी थिइन् । तर अहिले नेहा फेरि आफ्नो जीवनमा खुसी हुन कोशिस गरिरहेकी छिन् ।

नेहाले ब्रेकअपपछि पछि यसपालीको भ्यालेनटाइन मा निकै राम्रो सरप्राइज पाएकी छिन् । उनका फ्यानले उनको ब्रेकअपको पिडा भुलाउन निकै कोशिस गरिरहेका छन् । नेहालाई उनका फ्यानहरुले फूल र गिफ्टहरु दिएर भ्यालेनटाइन विस गरेका छन् । नेहाले पनि आफ्ना फ्यानहरुको लागि एउटा गीत गाएर भ्यालेनटाइन विस गरेकी छिन् ।

नेहाले आफ्ना फ्यानहरुलाई धन्यवाद  पनि दिइन् । उनले आफू निकै भाग्यमानी भएकाले दर्शकको यतिधेरै माया पाएको बताउँदै आफूले पनि आफ्ना दर्शकलाई निकै माया गर्ने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्