‘बागी ३’ मा फेरि दोहोरिने भयो टाइगर र श्रद्धाको जोडी



०१ फागुन २०७५, काठमाडौँ

टाइगर श्राफ बलिउडका निकै चर्चित अभिनेता हुन् । चलचित्र हिरोपन्ती बाट बलिउडमा डेब्यु गरेका टाइगरले छोटो समयमा  नै बलिउडमा सफल चलचित्र दिएका छन् । उनी सफल अभिनेता मात्र नभएर सफल डान्सर पनि हुन् । उनको डान्सको दर्शकले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

यतिबेला भने टाइगर आफ्नो नयाँ चलचित्र बागी ३ मा व्यस्त छन् । चलचित्र बागी निकै हिट साबित भएको थियो । त्यस्तै बागी २ लाई पनि दर्शकले निकै रुचाए । अब बागी ३ पनि निर्माणको तयारीमा रहेको छ ।

बागी ३ मा टाइगरसँग दिशा पटानी रहने कुरा थियो । तर अन्त्यमा चलचित्रमा श्रद्धा नै फाइनल भएकी छिन् । श्रद्धाभन्दा पहिले बागी ३ का लागि साराअली खानलाई रोजिएको थियो । तर साराले चलचित्रबाट हात झिकेपछि उनको ठाउँमा श्रद्धा कपुर भित्रिएकी हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्