बर्षा र सन्जोगले गरे इन्गेजमेन्ट, फागुन २ मा हुँदैछ विवाह



२९ माघ २०७५, काठमाडौँ

बर्षा राउत अहिलेकी निकै सफल र चर्चित नायिका हुन् । तर यतिबेला उनी नेपाली चलचित्र जगत्मा आफ्नो काम भन्दापनि विवाहको कारण चर्चामा छिन् । बर्षा र सन्जोग यहि फागुन २ गते अर्थात् भ्यालेनटाइन डे को दिन विवाह गर्दैछन् भन्ने कुरा थाहा नहुने सायद कोहि छैनन् होला ।

बर्षा र सन्जोग करिब ७ बर्षदेखि एकअर्काको प्रेममा रहेका छन् । आफ्नो ७ बर्षदेखिको प्रेमलाई बर्षा र सन्जोगले विवाहको नाम दिदैँछन् । बर्षा र सन्जोगले हिजो इन्गेजमेन्ट पनि गरेका छन् । अब बर्षा र सन्जोगको जोडीले पनि नयाँ नाम पाएको छ । यो जोडीले अब आफूलाई सन्सा जोडी बनाएको छ ।

बर्षा र सन्जोगले साधारण तरिकाले विवाह गर्दैछन् । उनीहरुको विवाहमा परिवार र आफन्त मात्र हुने जानकारी गराइएको छ । त्यस्तै फागुन ३ गते भने चलचित्रकर्मीको लागि विशेष पार्टीको आयोजना गरिएको बर्षा र सन्जोगले जानकारी गराएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्