नेसनल युनाइटेडमा सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम



२८ माघ २०७५, काठमाडौँ,

बृ्ढानीलकण्ठ-८, हात्तीगौँडास्थित नेसनल युनाइटेड स्कुलमा सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमका साथ यही माघ २७ गते आइतबारका दिन विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

सरस्वती पुजनोत्सव कार्यक्रम बिहान ७ः३० बजेदेखि पण्डितद्वारा मन्त्रोच्चारण गरी सुरुवात गरिएको थियो भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सरस्वती बन्दना तथा भजन गाएका थिए । उक्त पुजनोत्सव कार्यक्रममा विद्यालयमा अध्ययतरत विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी, शिक्षक तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पुजनोत्सवसँगै विद्यालय जाने उमेर पुगेका साना-साना बाबु नानीहरुलाई अक्षरारम्भ कार्यक्रम समेत गरिएको थियो । उक्त दिन विशेष छुटका साथ कक्षा नर्सरीमा नयाँ भर्ना तथा अन्य कक्षामा भर्नाको लागि सिट बुकिङ्ग खुल्ला गरिएको विद्यालयले जनाएको छ ।

सोही दिन बिहान ११ः३० बजेबाट विविध सांस्कृतिक कार्यक्रमका साथ यही माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालित वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रममा विजयी हुन सफल विद्यार्थीहरुलाई कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक श्री जे.बी. हमाल लगायतले प्रमाणपत्र, मेडल तथा ट्रफिद्वारा पुरस्कृत गर्नुभएको थियो ।

आफ्ना बाबुनानीहरुलाई अझै हौसला प्रदान गर्न पुरस्कार वितरण समारोहमा अभिभावकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । खेलकुद महोत्सवमा गरेको प्रदर्शनको मृ्ल्याङ्कनको आधारमा छात्रातर्फ कक्षा सातकी तारा वि.क. उत्कृष्ट खेलाडी घोषित भइन् भने छात्रतर्फ जोनिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइ दुवै जनाले ट्रफि प्राप्त गर्न सफल भए । त्यसैगरी सम्पृ्र्ण स्पर्धाहरुमा प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडी तथा टिमलाई प्रदान गरिएको अंकको आधारमा २५७० अंक हासिल गरी रेड हाउसले विजेताको ट्रफि उचाल्न सफल भयो भने १९२० अंकका साथ ब्लू हाउसले फर्स्ट रनरअपको ट्रफि चुम्न सफल भयो ।

त्यस्तै १९०० अंकका साथ एल्लो हाउसले सेकेन्ड रनर अप ट्रफि प्राप्त गर्न सफल भयो ।

 

प्रतिक्रिया दिनुहोस्