सम्बन्ध–विच्छेदका निम्ति अदालत धाउने पुरुषको संख्या बढ्यो !



२५ माघ २०७५ काठमाडौं

श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरएको थियो । तर, केही दिन अघि पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा धाउन थालेका समाचार बाहिरिएको छ ।

श्रीमतीबाट पीडित भन्दै पुरुष सम्बन्ध–विच्छेदका मुद्धा दर्ता गराउन अदालत जाने गरेका छन् । विभिन्न कारण देखाउँदै पुरुषहरु जिल्ला अदालतमा न्यायको लागी पुग्न थालको बताईएको छ ।

धेरैजसो वैदेशिक रोजगारीमा जाने पुरषहरुले त्यसरी अदालतसम्म धाउने गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा व्यस्त हुदा श्रीमती पर–पुरुषसँग सम्बन्ध स्थापित गरि रोजगारबाट भएको रकम ंहिनामिना गर्नेजस्ता कारणहरु देखाउँदै पुरुषले सम्बन्ध–विच्छेदको मुद्धा दर्ता गरेका छन् ।

आर्थिक वर्षपछिको ६ महिनाभित्र मात्रै जिल्लामा सम्बन्ध–विच्छेदका १२२ मुद्धा दर्ता भएकामध्ये ८६ महिला र ३९ पुरुषले सम्बन्ध–विच्छेदका लागी जिल्ला अदालत पाल्पामा गई मुद्धा दर्ता गराएका छन् ।

तर यो तथ्याङ्रले पुरुषको तुलनामा महिलाको सङख्या दोब्बर बढेको छ । जिल्लामा हिजोको अवस्था र अहिलेको अवस्थालाई हेर्दा सम्बन्ध–विच्छेदका लागी पुरुषको सङख्या धेरै बढेको छ ।

नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध–विच्छेदका मुद्धा लिएर पुरुषहरु जिल्ला अदालत पुगेका हुन् ।
भदौ १ गते बाट नयाँ मुलुकि सँहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा गई सम्बन्ध–विच्छेदका लागी मुद्धा दर्ता गराउन पाउने व्यवस्था उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्