टी–२० महिला क्रिकेट : नेपाललाई उपविजेताको उपाधी



०६ माघ २०७५, काठमाडौं

नेपाल थाइल्याण्डमा आयोजना भएको टी–२० महिला क्रिकेटको उप–विजेतामा सिमित भएको छ । थाइल्याण्डले नेपाललाई ७० रनले पराजित गर्दै उपाधी जितेको हो ।

नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् ।

पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । त्यस्तै रोमा थापा दुई, सरिता मगर पाँच तथा कप्तान रुबिना क्षेत्री पाँच करुना भण्डारी चार रन र डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७।२ ओभरमा ५१ रनमा समेटिन पुग्यो ।

यअघि टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । घरेलु टोलीले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वा्धिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाउन सफल भईन् ।

प्रतिक्रिया दिनुहोस्