के साच्चैँ दर्पण छायाँ जोडी निरुता र उत्तम एक अर्कासँग काम गर्न चाहदैनन् ?



३ माघ २०७५, काठमाडौँ

नायिका निरुता सिंह धेरै बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी छिन् । त्यसैले पनि जताततै उनको चर्चा बढी छ । उनी यतिबेला चलचित्र दा, भात, तरकारी मा व्यस्त छिन् । उनी चलचित्र नाई नभन्नु ल ५ बाट चलचित्रम कमब्याक भएकी हुन् । तर उनले विकासकै चलचित्र हजार जुनी सम्म बाट केहि समय अघि हात झिकेकी थिइन् । यो चलचित्रमा विकास दर्पणछायाँ जोडी उत्तम प्रधान र निरुता सिंह हुने भनिएको थियो ।

निरुताले चलचित्रबाट हात झिकेपछि निरुताका ठाउँमा चलचित्रमा सञ्चिता लुईटेल अनुबन्धित भएकी छिन् । त्यस्तै तुलसी घिमिरेले दर्पण छायाँ २ मा पनि निरुता र उत्तमलाई खेलाउने योजना बनाएका थिए तर निरुताले मानिनन् । त्यस्तै चलचित्र लब स्टेशनमा पनि उत्तम र निरुता हुने लगभग पक्का भएको थियो तर निरुताले अन्तिम चरणमा आएर चलचित्रबाट हात झिकिन् ।

यसरी पटक पटकको कोशिसमा पनि उत्तम र निरुताको जोडीलाई पर्दामा देख्न नसकिएपछि  निरुताको र उत्तमको सम्बन्ध नराम्रो भएको अनुमान गर्न थालिएको छ । अब उनीहरुबीच खास केहि भएरै चलचित्र गर्न निरुता राजी नभएकी हुन वा होइनन् यसको जवाफ निरुताले आफैँ दिनुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्