दिपिका भन्छिन्, ‘जेन्डरको आधारमा पारिश्रमिक निर्धारण गर्नु गलत हो’



३ माघ २०७५, काठमाडौँ

बलिउड नायिका दिपिका पादुकोण बलिउडकी सबैभन्दा महंगो पारिश्रमिक दिने नायिकाको पहिलो स्थानमा आउँछिन् । उनको डिमाण्ड बलिउडमा चर्चित अभिनेता बराबरको छ । हुन त बलिउडमा मात्र नभएर नेपाली चलचित्र क्षेत्रमा पनि नायिकाले भन्दा नायकले बढी पारिश्रमिक पाउने गर्छिन् ।

दिपिकाले हालै भएको एक अन्तवार्तामा यसबारे बोलेकी छिन् । उनले उनको चलचित्र पद्यावत मा चलचित्रका मुख्य दुई अभिनेता रणवीर सिंह र साहिद कपुरले भन्दापनि धेरै पारिश्रमिक लिएकी थिइन् । दिपिकाले यसबारे सोध्दा उनले फिमेल एक्ट्रेसले चाहिँ किन कम नै पारिश्रमिक लिनुपर्छ भनेकी छिन् । उनले चलचित्रमा नायकको जत्ति नै एक नायिकाको पनि मेहेनत लाग्ने भएकाले पारिश्रमिकमा अन्तर गर्नु पर्ने नभएको बताइन् ।

त्यतिमात्र नभएर दिपिकाले आफ्नो मेहेनत अनुसारको पारिश्रमिक लिने गरेको बताइन् । उनले जेन्डरको आधारमा पारिश्रमिक दिनु निकै गलत भएको बताइन् । यतिबेला दिपिका आफ्नो नयाँ चलचित्रमा व्यस्त छिन् । उनले विवाहपछि गरेको यो पहिलो चलचित्र हो ।

 

प्रतिक्रिया दिनुहोस्