ड्याफोडिल स्कूलमा लागूऔषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न



०३ पुष २०७५, काठमाडौँ

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १० कपन स्थित ड्याफोडिल बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भएको छ ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द तथा कपन प्रहरी प्रभागका प्रमुख मिन बहादुर कुँवर, प्रहरी नायव निरीक्षक अर्जुन गिरी, प्रहरी सहायक निरीक्षक प्रमानन्द भट्ट लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरुको बाक्लो उपस्थिति हरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भट्टराईले स्थानीय निकायले गर्ने काम, कर्तव्य र  भूमिकाको बारेमा विस्तृत जानकारी गराएका थिए भने महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नरेन्द्र चन्दले जनचेतना अभियानको महत्वबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवरद्वारा प्रशिक्षण दिईएको लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रममा ड्याफोडिल स्कूलका प्रधानाध्यापक अशोक सून्दर श्रेष्ठ कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्