जहाँ कक्षा ८ मा फेल , बने करोडौँको मालिक २३ बर्षमै !



०३ पुष २०७५, भारत

भारतमा एउटा घट्ना भएको छ लुधियाना भन्ने ठाउँमा । केहि कुराहरु सुनेर पत्ताउन गारो लाग्छ । यो सफलताको कथा हो त्रिसनिस अरोडाको ।

अरोडाले प्रश्स्त पैसा मात्र कमाएका छैनन, उनी सबैभन्दा कान्छा सिईओ पनि हुन् । केही अघि फोब्र्स पत्रिकाले सार्वजनिक गरेको ‘एसिया थर्टी अन्डर थर्टी’मा आफ्नो स्थान सुरक्षित गरेका अरोडा अहिले २३ वर्षका भए । २१ बर्षमै उनले व्यवसाय शुरु गरेका थिए । उनका अनुसार कान्छा सिइओहरुको सूचीमा आफ्नो नाम आओस् भनेर नै यो कम्पनीको सुरुवात गरेका थिए।

अर्को अचम्मको कुरा के हो भने उनी औपचारिक शिक्षा कक्षा आठसम्म लिएका छन् । उनी आठ कक्षामा फेल हुँदा घरमा निकै गाली खाएका थिए । आठ कक्षा फेल भएपछि उनलाई घरमा सोधिएको थियो– किन ?

उनले आफूलाई पढ्न मनै नभएको जवाफ दिएका थिए । त्यसो त उनी दिनभर स्कुलमा होइन, आफ्नै कम्प्युटरमा समय खर्चन्थे । त्यसैले पनि उनले औपचारिक शिक्षामा ध्यान दिएनन् । बरु कम्पनी खोले– टिएसी सेकयुरिटी । यो साइबर सेक्युरिटी कम्पनी हो । र, अहिले यसले करोडौं कमाइरहेको छ ।

लुधियानाको एक सामन्य परिवारका त्रिसनिस भारतका प्रसिद्ध इथिकल ह्याकरमध्ये एक हुन् । आठ कक्षामा फेल भए पनि उनले पछि १२ कक्षाको भने अध्ययन गरे ।

कम्प्युटर पढ्नमा उनी यति मग्न भएका थिए कि उनले आठ कक्षामा स्कुल जानै भ्याएनन् । तर, उनले कम्प्युटरबारे नयाँ जानकारी सम्हालेर राख्न थाले । तीनलाई विशेष महत्व दिन थाले । उनकी आमा र बुबालाई यो कुरा मन परेको थिएन । सुरुसुरुमा उनको यो कुरा सुनेर सबै हास्थे । तर, उनले हिम्मत जारी राखे ।

तर, अब समय कस्तो आएको छ भने भारतका ठूला कम्पनी रिलायन्स, सिबिआई, पन्जाब प्रहरी, गुजरात प्रहरी, अमूललगायतले उनीसँग काम गरिरहेका छन् । अहिले दुबई र बेलायतबाट पनि उनी काम पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्