शहीद स्मारक ए डिभिजन लिग : एपीएफद्वारा मछिन्द्र ३–१ ले पराजित



०३ पौष २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा एपीएफले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले मछिन्द्रलाई ३–१ ले हराएको हो । खेलको पहिलो हाफमै २–१ को अग्रता लिएको एपीएफले खेलको निर्धारित समय सकिदाँसम्ममा एपीएफले १ गोल प्लस गरि ३ को नतिजा बाहिर्याउन सक्यो ।

खेलको ४ औं मिनेटमा आशिषको गोलबाट अग्रता लिएको एपीएफले खेलको निर्धारित समयसम्ममा मछिन्द्रलाई ३–१ ले पराजित गरेको हो ।
यस जितसँगै एपीएफ १० स्थानसँगै तालिकाको ८औं स्थानमा छ भने, उता मछिन्द्र ३ अंकसहित १३ स्थानमा आसिन छ ।

प्रतिक्रिया दिनुहोस्