रणवीर र आलियाले पाए उत्कृष्ट नायक नायिकाको अवार्ड



०२ पुष २०७५, काठमाडौँ

नव बर्ष २०१९ आउन लागेसँगै यतिबेला बलिउडमा  विभिन्न अवार्ड समारोहहरु हुन थालिसकेका छन् । २०१८ मा प्रदर्शनमा आएका चलचित्रको आधारमा अवार्ड वितरण गरिने हुँदा २०१९ सुरु नहुँदै विभिन्न अवार्डहरु भैरहेका छन् । यस्तै केहिदिन अघिमात्र स्टार स्क्रिन  अवार्ड सम्पन्न भएको छ ।

धेरै बरिष्ठ कलाकारको उपस्थिति रहेको अवार्ड समारोह भव्यताका साथ सम्पन्न भएको थियो । उक्त अवार्ड समारोहमा धेरै कलाकारले आफ्नो प्रस्तुती पनि दिएका थिए । स्टार स्क्रिन अवार्डमा २०१८ को सर्वोत्कृष्ट नायकको अवार्ड रणवीर सिंहले चलचित्र पद्यावत बाट पाउन सफल भएका छन् ।

त्यस्तै सर्वोत्कृष्ट नायिकाको अवार्ड भने आलिया भट्टले चलचित्र राजी बाट आफ्नो पोल्टामा पारिन् । त्यस्तै अहिलेकी चर्चित नायिका कट्रिना कैफले बेष्ट रियल स्टार  अन सोसल मिडियाका अवार्ड पाउन सफल भइन् । उक्त अवार्ड अन्यपनि विभिन्न विधाका अवार्डहरु प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्