वरुणले सोनाक्षीलाई ‘भाबी’ भनेपछि



०१ पुष २०७५, काठमाडौँ

वरुण धवन र सोनाक्षी सिन्हा दुवै बलिउडका निकै चर्चित कलाकार हुन् । दुवैले छोटो समयमा नै बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल भएका छन् । हाल वरुण र सोनाक्षी कलंक नामक चलचित्रमा व्यस्त छन् । उक्त चलचित्रमा वरुण र सोनाक्षी पहिलो पटक एकसाथ देखिदैँछन् ।

चलचित्रमा सँगै काम गर्न थालिकन सोनाक्षी र वरुणको मित्रता निकै बढेको छ । अहिले सामाजिक सञ्जालमा सोनाक्षीले हालेको एउटा पोष्टमा वरुणले गरेको कमेन्टले निकै राम्रो स्थान पाइरहेको छ । सोनाक्षीले हालेको एक पोष्टमा वरुणले सोनाक्षीलाई भाबी भनेर कमेन्ट गरेका छन् । त्यसमा सोनाक्षीले वरुणलाई चुप लाग भनेकी थिइन् ।

अहिले सबै दर्शकको नजर वरुण र सोनाक्षीको उक्त कमेन्टमा गएको छ । वरुणले गरेको कमेन्टबाट सोनाक्षीका फ्यानहरुले कतै सोनाक्षी कसैको प्रेममा त छैनन् भन्ने प्रश्न पनि गर्न थालेका छन् । तर यस विषयमा सोनाक्षीले केहिपनि बोलेकी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्