पर्यटकीय क्षेत्र सोलुखुम्बुको तापक्रम माइनस दुई



२४ मंसिर २०७५, काठमाडौं

सोलुखुम्बुको सदरमुकाम सल्लेरी तथा वरीपरिका क्षेत्रको तापक्रममा अत्याधिक फेरबदल भएको छ ।

सोलुखुम्बुको तामक्रम चिसो बढेर माइनस दुईमा पुगेको सल्लेरी फाप्लुस्थित सोलुखुम्बु बागबानी केन्द्रको तथ्यांक छ । सदाको वर्षभन्दा यो वर्षकोसोलुखुम्बुको चिसोका रेसियोमा धेरै फेरबदल भएको जनाईएको छ । पर्यटकीय क्षेत्र सोलुखुम्बुमा चिसोका कारण जनजीवन प्रभावित बनेको त्यहाँका स्थानीय बासीहरुको भनाई रहेको छ ।

सदरमुकामका अधिकांश विद्यालयमा हिउँदे बिदा नभएको कारणले विशेष गरि विद्यार्थीलाई पनि गाह्रो हुने गरेको जनाईएको छ । सदाको सोलुखुम्बुको तामक्रम माइनस ९ सम्म हुने गरेको तथा यस पटक भने माइनस २ झरेको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्