‘संवैधानिक शिक्षा आयोगको आवश्यकता’



०३ मंसिर २०७५, इटहरी

नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षा आयोगलाई संवैधानिक बनाउनु पर्नेमा जोड दिएका छन् । धनकुटामा नेपाल शिक्षक संघ धनकुटाले  आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । उनले शिक्षा ऐनलाई समयको माग अनुसार परिवर्तन गर्नु आवाश्यक रहेको समेत बताए । शिक्षा क्षेत्रमा देखिएको विकृती विसंगतीलाई अन्त्य गर्नका लागी पनि शिक्षा आयोगलाई संवैधानिक बनाउनु पर्ने उनको भनाई छ ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थीत अतिथीले शिक्षकहरुको पेशागत हकहितका साथै गुणस्तरीय शिक्षा आजको आवाश्यक्ता रहेको औल्याएका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघका राष्टिय उपाध्यक्ष भरत लम्साल, महासचिव सोमनाथ गिरी, नेपाल शिक्षक संघ प्रदेश नम्वर २ का अध्यक्ष मेघनाथ यादव, प्रदेश नमवर ३ का अध्यक्ष नारायण तिम्सिना,प्रदेश नम्वर १ का अर्थ महासचिव राम कुमारी भण्डारी, भोजपुर जिल्ला कार्यसमितिका अध्यक्ष ज्ञानराज खुलाल, धनकुटाका सचिव धन कुमार राई, अर्थ सहसचिव बिमला सन्तोषी राई, घनश्याम बराल, लक्ष्मी सापकोटा लगायत नेपाल शिक्षक संघ धनकुटाका सदस्यहरुले शिक्षकहरुको पेशागत अधिकार र अहिलेको वर्तमान अवस्था, संगठन विस्तार तथा सुदृढीकरणको विषयमा अन्र्तक्रिया गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्