२०१८ का फिफा वर्ष खेलाडी मोड्रिकलाई फर्केर हेर्दा…



३० कार्तिक २०७५, काठमाडौं

मानिसलाई सफल्ता विभिन्न कर्मबाट मिल्छ, अनि विभिन्न माध्यमबाट चुम्छन मान्छेहरु सफलता ।

कति ब्यक्तिहरुले गाएर सफलता चुम्छन्, कति ब्यक्ति समाजसेवा गरेर सफलतालाई भेट्छन् अनि कति ब्यक्तिले नाँचेर सफलतालाई आफ्नो बनाउँछन् त कतिले खेलेर सफलता पाउँछन् । यतिमात्रै कर्ममा सिमित छैन, सफलतासँगको भेट, यहाँ कैयौं कर्मबाट पाउन सकिन्छ, बस, यत्ति हो, जहाँ कर्म अनि सफलताको परस्पर सम्बन्धबाट बनेको मेहनत ।

यसमध्येको एक ब्यक्ति हुन् लुका मोड्रिक, रियल मड्रिडका मिडफिल्डर तथा क्रोएसियाका स्टार ।

जसले खेलेर सफलतालाई भेट्टाएका छन् । एक पछि अर्को सफलतालाई आफ्नो बसमा पार्दै अगाडी बढिरहेका मोड्रिक अझै त्यहीँ बाटोमा अघि बढिरहेका छन् ।

सन् १९८५–०९–०९ मा क्रोएसियामा एक सामान्य परिवारमा जन्मिएका उनी अन्ततः विश्व फुटबलको एक हस्तीका रुपमा सू–परिचित हुँदै आएका छन् ।

आफ्नै देशमा भए पनि शरणर्थीसरह बाल्यकाल विताएका उनको बाल्यकाल सामान्य नै वित्यो ।

आफु ६ वर्षको हुँदा सर्वियाका आतंककारीहरुले अन्य ५ स्थानीय सहित आफ्नो हजुरबुवाको हत्या गरेपछि उनको परिवारले आफ्नै देशमा पनि शरणार्थीको जीवन गुजार्नु परेको पिडालाई उनी अझैं सम्झिन्छन् । त्यसपछि सर्वस्व त्यागेर हिडेको उनको परिवारले जादरको एक होटलको कार पार्किङमा शरणार्थीको रुपमा रहन थाल्यो । तर, उनको त्यो फुटबलसँगको सम्बन्धमा अलिकति पनि खोट आएन । उनी आफ्नो लक्ष्यबाट अलिकति पनि विचलन भएनन्, त्यहीँ उनको सफलताको सुरुवात हुँदो हो, सायदै ।

त्यही उनको अविचलित आचरणको अनि समयको नासो हुनसक्छ, जहाँ उनले यहिँ सिजनमा सन् २०१८ को ‘फिफा वर्ष खेलाडी’ अनि ‘५० गोल’ अवार्ड आफ्नो पोल्टामा पार्नु सक्नु ।

युद्धग्रस्त जीवन एक सफल फुटबलमा परिवर्तन हुने आशामा उनी पार्किङ एरियाको पञ्चर बललाई लात्तीले हानेर उनी नियमित प्रशिक्षणमा रहिरहन्थे ।

त्यसपछि उनले विभिन्न फुटबल प्रशिक्षकहरुलाई भेटेर प्रशिक्षण लिए ।

१० वर्षको उमेरमा जादर शहरको एक क्लब ‘जादर क्लब’ मा प्रशिक्षणका लागि पुगेका मोड्रिकले सो क्लबबाट धेरै कुराहरु सिकेको दावी गर्छन् उनी ।

सो क्लबका मुख्य प्रशिक्षक तोमिस्लाभ बासिकलाई उनले ‘स्पोर्टिङ फादर’ मान्दै आएका छन् ।  त्यसलगत्तै स्थानीय क्लबहरुमा वाहवाहीको उपहार पाउँदै अगाडी बढेका मोड्रिक आफ्नो फुटबल करिअरमा सफलताहरुलाई आफ्नो बसमा ल्याउन अहिले त माहिर नै भईसकेका छन् ।

सन् २००५ मा पहिलो पटक व्यवसायिक फुटबलमा होमिएका मोड्रिकले त्यसपछिको विश्व फुटबल यात्रामा पछाडी फर्केर हेर्न परेको छैन । त्यो समयमा उनी १० वर्षे सम्झौतामा ‘डिनामो जाग्रिब’ मा अनुबन्ध भएका थिए ।

त्यस बेलसासम्म उनको पारिवारिक स्थिती भने नाजुक नै थियो । उनको त्यो व्यवसायिक सम्झौताबाट आएको रकमले जादरमा एक फ्ल्याट किनेर परिवारलाई पाल्दै आएका उनी सालिन स्वभावका छन्  । यहि उनको पहिलो सफलताका कारण उनको परिवारले झेल्दै आएको शरणार्थीको जीवनबाट विस्तारै छुटकारा मिल्दै गयो ।

‘डिनामो’ मा आवद्ध भएपछि उनी पहिलो सिजनमै सबैको रोजाईमै पर्न सफल भए । जहाँ उनले ३१ खेलमा ७ गोलको योगदान दिँदै क्लबलाई राष्ट्रिय च्याम्पियनसिपसम्म पुर्याउने काम गरे । त्यसैगरि सन् २००६–००७ को दशकमा उनले लिगलाई जिताउने काम गरि आफुलाई पनि वर्षको उत्कृष्ट अवार्ड हात पारे ।

सफलताको दिनहरु उनीतिर नजिकिदै गर्दा उनको सफलता देखेर विभिन्न ठुला यूरोपियन क्लबहरुबाट प्रस्ताव आउन थाल्यो, बार्सिलोना, लिभरपूल, आर्सनल, चेल्सी, टोटनह्याम हट्सपर तथा अन्य थुप्रै क्लबहरुबाट प्रस्ताव आएका उनी अन्ततः हट्सपरमा अनुबन्ध भए ।

जुनबेलासम्म आफ्नो बाल्यकालको बारेमा केही बोल्न नसकेका मोड्रिकले त्यो समयमा आफ्नो बाल्यकालको बारेमा आफ्नो दर्शक तथा फ्यानफलोवर्सहरुलाई सुनाए ।

जहाँ उनले भनेका थिए, ‘म ६ वर्षको थिए, ती दिनहरु अझैपनि मेरो आँखामा घुमिरहन्छन् त्यस्ता दिनहरु थिए, जसलाई म धेरै सम्झन्छु तर, विरलै भन्न रुचाउँछु ।’

उनले अझै थपे्, ‘हामीले जादरको एक होटलको कार पार्किङमा वर्षाैसम्म शरणार्थीको जीवन ब्यतीत गर्याै, तर म सधैं फुटबललाई माँया गर्थे, त्यो मेरो खुट्टाको पहिलो प्याडलाई सम्झिन्छु, सजमा ब्राजिलका खेलाडी रोनाल्डोको तस्वीर थियो, म त्यसलाई सधैं सम्हालेर अनि हिफाजतका साथ प्रयोग गर्थे ।’

उनले सन् २०१८ मा रसियामा सम्पन्न २१ औं संस्करणको विश्वकपमा पनि क्रोएसियन टोलीको कप्तानको भूमीकामा रहि आफ्नो टिमलाई उपविजेता बनाउन ठुलो योगदान गरेका मोड्रिकले उक्त विश्वकपमा ३ गोल गर्न सफल भएका थिए ।  जहाँ उनले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोल गरेबापत ‘गोल्डेन बल’ समेत हात पारेका थिए ।

त्यसैगरि एक पछि अर्को सफलतालाई पछ्याउँदै उनी सन् २०१२ मा ५ वर्षे सम्झौतामा रियल मड्रिडमा अनुबन्ध भए ।

टोटनह्याममा रहँदा १ सय २७ खेल खेलका उनी मड्रिडमा ३० मिलियन पाउन्डमा अनुबन्ध हुने पुगे ।

यहि उनको पपुलारिटीको कारण उनलाई इन्टर मिलानले पनि भित्र्याउने सपना बोकेको थियो । तर पनि रियल मड्रिडका तत्कालीन प्रशिक्षक फ्लोरेन्टिनो पेलेजलेले उनका पारिश्रमिक ७ सय ५० मिलियन यूरो तिर्नु भनेका थिए ।

३३ वर्षीय मोड्रिकले आफु अनुबन्ध क्लबहरुबाट विभिन्न सिजनमा विभिन्न सिजनल अवार्डहरु पाउँदै अहिले विश्व फुटबलको एक कुशल भूमिका निर्वाह गरिरहेका छन् ।

अहिले उनी रियलमै रमाईरहेका छन् रियल खेलाडी बनेर !

प्रतिक्रिया दिनुहोस्