के हो मल्टीपल माइलोमा ? जीवनकै अपरिहार्य जानकारी–



१८ र्कािर्तक २०७५, काठमाडौं

मल्टीपल माइलोमा एक यस्तो क्यान्सर हो जुन कहिल्यै निको हुँदैन । मल्टिपल माइलोमा नामले परिचित यो क्यान्सर ब्लड क्यान्सर मध्येको एक खतरनाक क्यान्सर हो । रगतमासीमा लाग्ने यो क्यान्सर रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिदै जान्छ ।

प्लाज्मामा गडबडी भएर लाग्ने माइलोमाका कारणले रगत कोषिकाहरू नष्ट हुँदै जान्छन् । रगतमा हुने यो क्यान्सरका कारण बोन म्यारोलाई प्रभावित पार्नुका साथै रगतमा भएको प्लेटलेट्सलाई कम गर्न थाल्छ । साथै यसले शरीरमा नचाहिने बिकारयुक्त प्रोटिन पनि निर्माण गर्छ । जसले गर्दा शरीरका विभिन्न भागमा इन्फेक्शन हुन थाल्छ ।

रगतमा विकारयुक्त तत्वका कारण मिर्गौला खराब हुन सक्ने, रक्तअल्पत्ता हुने समस्या पनि हुने गर्छ । विज्ञहरुका अनुसार मल्टिपल माइलोमा रगतमासीमा हुने एक यस्तो क्यान्सर हो जसको उपचार समय मै भयो भने पनि लामो समयसम्म बाच्न मात्रै सकिन्छ । तर, यो क्यान्सर पूर्ण निको हुँदैन । माइलोमा क्यान्सर जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने । तर विशेषगरी ४० देखि ५० वर्ष उमेर पुगिसकेकालाई बढी लाग्ने उनी बताउँछन् । माइलोमाका कारण शरीरका विभिन्न भाग प्रभावित हुने हुँदा समयमै रोग पत्ता लगाउन कठिन हुने बताए । रगतमा हुने माइलोमा क्यान्सरका कारण सबैभन्दा बढी प्रभावित शरीरको हड्डीमा हुने हुँदा यसले हड्डी फ्याक्चर गराउँदा मानिसको ज्यानै समेत जान सक्छ

प्लाज्माको काम रोगप्रतिरोधात्मक श्वेत–रक्तकोष निर्माण गर्नु हो । क्यान्सर लागेपछि बोनम्यारोमा प्लाज्माको संख्या बढे पनि नयाँ श्वेत–रक्तकोष उत्पादन रोकिन्छ । यसले शरीरमा विभिन्न प्रकारका संक्रमण बढाउँछ । त्यसको असर रगतमा देखिन थाल्छ ।

माइलोमा भएपछि यसले शरीरका विभिन्न भागमा असर देखाउन थाल्छ । यसले रोगीको हड्डी, रोग प्रतिरोधात्मक क्षमता, मिर्गौला र रातो रक्तकोषको संख्या घटाउँछ । चिकित्सकका अनुसार सामान्यतया माइलोमा भएका बिरामीको मृत्यु कि छातीको इन्फेक्सनका कारण हुन्छ कि मिर्गौला फेल भएर ।

यो रोग पत्ता लगाउन रेडियोलोजिस्ट र प्याथेलोजिस्टको पनि उत्तिकै भूमिका हुन्छ, अन्य भागलाई असर गरेपछि मात्र यो क्यान्सर थाहा हुन्छ । खास कारण थाहा नभए पनि कुनै किसिमको रेडियसन वा रसायनसँग लामो समय प्रत्यक्ष सम्पर्कमा रहनेलाई यस्तो रोगको सम्भावना बढी हुने चिकित्सक बताउँछन् ।

किमोथेरापी वा बोन म्यारो प्रत्यारोपणले पनि रोग पूरै निको हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्