शाहाकारी भोजन सेवन गर्नुका फाईदाहरु, अवश्य पढ्नुहोस्



१६ कार्तिक २०७५, काठमाडौं

आजभोलीका मानिसहरु खानपिनमा धेरै सौखिन देखिन्छन् । उनीहरुलाई खानामा मासु–भात रुचाउँछन् । उनीहरु ‘सिस्नुभन्दा सिनो मिठो’ भनेझैं साग र सिस्नुभन्दा मासु नै रुचाउँछन् । मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने,मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन् ।

शाकाहारी आहार पनि मांसाहार भोजन जत्तिकै पोषकयुक्त हुन्छ । मांसाहारी भोजनमा माछा, मासु र अन्डाबाट प्रोटिनप्राप्त हुन्छ भने शाकाहारीलाई वनस्पतीबाट प्राप्त हुन्छ । शाकाहारी भोजनमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । सागसब्जीमा विभिन्न आवश्यक तत्वजस्तै भिटामिन, एन्टी अक्सिडेन्ट, एमिनो एसिड आदि पाइन्छ जसले घातक बिमारीबाट 3बचाउन मद्दत गर्दछ ।

त्यसैगरी शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेट पनि पाइन्छ जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ। शाकाहारी भोजनमा शरीरको आवश्यकता अनुसार क्यालोरी र भिटामिन पाइन्छ। शाकाहारी भोजनमा फाइबर प्रचुर मात्रामा पाइन्छ ।

शाहाकारी भोजन सेवन गर्नुका फाईदाहरु–

 1. हृदय रोगको सम्भावना कम

शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई हृदय सम्बन्धि रोग हुने सम्भावना कम रहन्छ। किनकी मांसाहारको तुलनामा शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ।

2. उर्जावान बनाउँछ

शाकाहारी भोजनको अतिरिक्त प्रभाव हुँदैन। यो भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ । शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुन्छ र उनीहरु तरोताजा महसुस गर्छन्।

3. उच्च रक्तचापबाट बचाउँछ 

शाकाहारी मानिसमा मासांहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम न्युन हुन्छ ।

4. क्यान्सरबाट बचाउँछ

शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ। फोक्सो तथा आहारनलीको क्यान्सरको सम्भावना एकदमै कम हुन्छ। विभिन्न अध्ययनहरुमा पनि प्रमाणित भइसकेको छ कि शाकाहारी भोजन गर्ने व्यक्तिमा स्तर क्यान्सरको खतरा कम हुन्छ। अनाज, फलफुल, तथा सागसब्जीमा रेशा र अक्सिडेन्ट धेरै मात्रामा हुन्छ, जसले क्यान्सरलाई टाढा राख्न सहायक भूमिका खेल्छ ।

5. किड्नी रोगबाट बचाउँछ

किड्नीको समस्याबाट बच्न शाकाहारी भोजन लाभदायक छ ।अध्ययनका अनुसार पिसाबाट प्रोटिन निक्लिनु, कोशिकाद्धारा रगत छान्नेको गति, किड्नीमा रक्त सञ्चार किड्नी सम्बन्धी विकार मासांहारी को तुलनामा शाकाहारीमा कम पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्