बुगीवुगी vs छमछमी , तिम्रो फोटो बोलको गीत रिलिज



२८ असोज २०७५, काठमाडौँ

बुगीवुगी र छमछमी दुवै नेपालका चर्चित र एकदमै ठूलो डान्सिङ रियालिटि शो हुन् । दुवै रियालिटि शोहरुले डान्समा भविष्य खोजिरहेका व्यक्तिहरुका लागि राम्रो प्याटफर्म बनाइदिएको छ । हालैमात्र बजारमा छमछमी र बुगीवुगीका प्रतिस्पर्धीहरुको एक गीत सार्वजनिक भएको छ ।

हरि बिष्टको शब्द संगीत रहेको ‘तिम्रो फोटो’ बोलको गीतमा हरि बिष्ट र ज्योती मगरको आवाज रहेको छ ।उक्त गीतमा छमछमीका टप ५ प्रतिस्पर्धी मनिता राई र शेखर घर्ती र बुगीवुगीका पनि टप ५ प्रतिस्पर्धी रबिन भुजेल र सृष्टि महर्जनलाई फिचरिङ गराइएको छ । उक्त गीत लोक शैलीमा निर्माण भएको छ । गीतमा नरेश विर सिंह र कुलमान नेपालीले कोरियोग्राफी रहेको छ । उक्त गीतमा दुवै रियालिटि शो का प्रतिस्पर्धीको दमदार नृत्य देख्न सकिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्