अफगानिस्तान प्रिपियर लिग खेल्न सन्दिप युएई प्रस्थान



२७ असोज २०७५, काठमाडौं

नयाँ किर्तिमानी बनाएसँगैं नेपाली क्रिकेटर सन्दिप लामिछाने फेरी अफगानिस्तान प्रिमियर लिग खेल्न युएई प्रस्थान गरेका छन् ।

अफगानिस्तानको टिम नगरहर लिओपार्डका लागि उनी शुक्रबार राती नै त्यसतर्फ गएका हुन् । सो लिगमा उनले समुह चरणको तीन खेल खेल्न पाउने छन् । उनले नगरहरको यसअघि भएको ५ खेल गुमाईसकेको छन् । यसअघि उनले टी–ट्वान्टी विश्वकपमा नयाँ किर्तिमानी बनाएका छन् ।

उनले बसन्त रेग्मी र विनोद दासको किर्तिमानीलाई तोड्दै आफ्नो नयाँ किर्तिमानी राखेका हुन् । उनले एकै खेलमा सर्वाधिक विकेट २४ विकेट लिएर आफ्नो नयाँ किर्तिमानी कायम गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्