शहिद स्मारक ए डिभिजन लिग : मनाङद्वारा ब्वाईज ३–१ ले पराजित



२६ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गज आज भएको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबद्वारा बिग्रेड ब्वाइज ३–१ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले ब्वाइजलाई हराएको हो । अपराह्न ३ बजे सुरु भएको खेलमा पहिलो हाफमा ब्वाइजले अग्रता पाएको थियो । तर, दोस्रो हाफमा मनाङले ब्वाइजलाई यथास्थानमै रोकी लगातार ३ गोल बनाउँदै आफुलाई अगाडि ल्याएको हो । मनाङको जितको लागि हेमज गुरुङले १ तथा ओवाबले २ को योगदान गरे ।

यसअघि एपीएफ र हिमालयन शेर्पा क्लबबीच भएको खेलमा गोलरहित बराबरी खेल खेलेका थिए । विहान ११ बजे भएको खेलमा दुबै टिमले अंक बाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्