शहिद स्मारक ए डिभिजन लिग : विपरित अग्रता मनाङको २ हुँदा बिग्रेडको १



२६ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले चलिरहेको खेलमा पहिलो अग्रता पाएको बिग्रेड ब्वाइजलाई यथास्थानमै रोकिएको छ । बिग्रेड ब्वाइजलाई यथास्थानमै रोक्दै मनाङ मर्स्याङ्दी क्लबले विपरित अग्रता पाएको छ ।

यो समाचार तयार पार्दासम्म  ब्वाइजको १ गोल छ भने मनाङले २ गोल गरिसकेको छ । खेलको ५४ औं मिनेटमा हेमन गुरुङको गोलले मनाङले विपरित अग्रता पाएको हो । पहिलो हाफमा ब्वाइजले खेलको २८ औं मिनेटमा सुट गरेको गोल उसको लागि अग्रता थियो ।

यसअघि एपीएफ र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्