छक्का पञ्जा ३ ले गर्यो बम्पर ओपनिङ, २ दिनमा २ करोड कमाउन सफल



२६ असोज २०७५, काठमाडौँ

असोज २४ अर्थात् घटस्थापनाको दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचत्रि छक्का पञ्जा ३ ले अत्यन्तै राम्रो व्यापार गरिरहेको छ । छक्का पञ्जा का यसअघिका सिरिजहरु पनि निकै सफल भएकाले दर्शकहरु यो चलचित्र हेर्न आतुर थिए । चलचत्रि छक्का पञ्जा ३ ले अहिले सम्मकै बम्पर ओपनिङ गरेको छ ।

बुधबारबाट देशभरका हलहरुमा प्रदर्शनमा आएको चलचित्र पहिलो दिन देशभरका हलमा हाउसफूल थियो । यो चलचित्रले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख ग्रस कलेक्सन गरेको थियो भने दोस्रो दिन बिहिबार पनि चलचत्रिले ८० लाखभन्दा बढिको व्यापार गरेको छ । यसरी हेर्दा चलचित्रले २ दिनमा २ करोडभन्दा माथिको व्यापार गरेको देखिएको छ । दशैँको बिदा परोले शुक्रबार शनिबार चलचित्रको व्यापार आक्रमक हुने देखिएको छ । अधिकांश दर्शकले चलचित्रको कथावस्तु र कमेडि पक्ष बलियो भएकाले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्