टुट्यो टाइगर र दिशाको ३ बर्षदेखिको प्रेमसम्बन्ध, यसकारण भयो ब्रेकअप



१८ असोज २०७५, काठमाडौँ

बलिउड नायक टाइगर श्राफ र बलिउडकी क्युट नायिकाको रुपमा परिचित दिशा पटानीको प्रेम सम्बन्धको बारेमा थाहा नहुने सायद कोहि छैनन् होला । उनीहरुले मिडियाहरुमा आफ्नो प्रेम सम्बन्ध नस्वीकारेको भएपनि उनीहरु विगत ३ बर्षदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए । उनीहरुको जािडलाई बलिउडमा निकै राम्रो जोडि मानिन्थ्यो । टाइगर र दिशाका फ्यानहरु पनि उनीहरुको जोडि देखेर भुतुक्कै हुने गर्थे । तर सबैले मन पराएको यो जोडिको सम्बन्धमा पूर्णविराम लागेको छ । उनीहरु पूर्ण रुपमा अलग भएका छन् ।

केहिसमय अघिदेखि बलिउडमा दिशा र टाइगरको सम्बन्ध चिस्सिएको बारेमा चर्को हल्ला चलेको थियो । हुन पनि केहि समयदेखि टाइगर र दिशाबीच असमझदारी हुन थालेपछि उनीहरु अलग हुन बाध्य भएका छन् । उनीहरुको ब्रकअप हुनुको मुख्य कारण दिशाको टाइगरप्रतिको शंका बुझिएको छ । दिशाले टाइगरलाई सानो सानो कुरामा रोक्न खोज्ने उसको मोबाइल चेक गर्ने र कुनै केटिसँग बोल्दा रिस गर्ने बानीका कारण टाइगर दिशासँग प्रेमसम्बन्धमा बस्न नचाहेका हुन् । उनीहरुले धेरैपटक आफ्नो सम्बन्ध सुधार्ने कोशिस गरे तर अन्तत ः अलग नै भए । उनीहरु एकअर्काको सहमतिले छुट्टिएका हुन् । प्रेमसम्बन्ध टुटेपनि उनीहरुले सधैँ एकअर्काको असल साथी रहने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्