शिशु जन्मेको कत्ति दिनपछि यौन सम्पर्क गर्दा फाईदाजनक हुन्छ ? कामलाग्दा जानकारी



०५ असोज २०७५, काठमाडौं

यौन भनेको सबै जीवित प्राणीलाई आवश्यक चिज हो । यसले सम्पुर्ण जीवित प्राणीहरुलाई सन्तुष्टि प्रदान गर्नुका साथै दुःख तथा भयहरुबाट टाढा राख्ने काम गर्छ । यसले दाम्पत्यलाई पनि सुखि जीवन प्रदान गर्दछ । साथै यसले दाम्पत्यको जीवनमा सुमुधुर सम्बन्धको स्थापित गर्दछ ।

तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ, शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु सबैको लागि सान्दर्भिक नहुनु सक्छ । सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि सो क्रिया दोहोर्याउँदा राम्रो हुन्छ । कतिपयले यसको अवधि ६ हप्तालाई मान्छन् त कत्तिले यसको अबधि ६ हप्ताभन्दा बढि त कसैले ६ हप्ताभन्दा कम । यसको कुनै खास तथा निश्चित समय नभएको विज्ञहरु बताउछन् । समग्रमा भन्ने हो भने दाम्पत्यलाई अनुकुल भएपछि गर्दा हुन्छ ।

यौनका विषयमा विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो । शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो । त्यसैले पति–पत्नीले आफ्ना मनमा भएका दुःख तथा अप्ठयाराहरूलाई खुलस्त रूपमा एक–अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरेर समाधान खोज्नुपर्छ । यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा त्यसका लागि दुवैले केही समय निकाल्नुपर्छ । कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन् । त्यहीँ समयमा यौन सम्पर्क मै लिप्त हुनुपर्छ भन्ने पनि केही हुदैन ।

के कुराले गर्दा दाम्पत्यबीच यौन क्रियाकलाप सहज हुन्छ–

सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन् । योनि सुख्खा भएको अनुभव छ भने, कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ । यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ । यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन । कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ। स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सक्नुहुन्छ । थकान पक्कै यौन क्रियाकलापमा संलग्न हुन वाधक हुनसक्छ। राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ । थाक्नुभन्दा पहिले नै शिशु सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ । नवजात शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ । हल्का र थोरै तर पटक–पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ । यस्तो अवस्थामा पोषणमा विशेष ध्यान पुर्याउनुपर्छ।

गर्भ रहन्छ?

शिशुलाई स्तनपान नगराउने धेरैजसो महिला शिशु जन्मिएको यस्तै ४–६ हप्तामा महिनावारी र्फकन सक्छन्, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ । त्यसपछिका महिनावारीमा डिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शूक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना बढ्छ । शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ।
तर अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ । गर्भावस्थादेखि नै आफ्नो परिवारको योजना गर्न सकिए सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ । स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई (डिपो) प्रयोग तथा कण्डमको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्