रोनाल्डोलाई देखाईएको रातो कार्डप्रति बहिनी केटियाको आपत्ति



०५ असोज २०७५, काठमाडौं

रोनाल्डोलाई सामान्य विषयमा नै रातो कार्ड थमाईएको भन्दै उनकी बहिनी केटियाले रेफ्रीप्रति आक्रोस ब्यक्त गरेकी छिन् ।

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस भ्यालेन्सिया विरुद्धको खेलमा रोनाल्डोले पाएको अप्रत्यासित रातो कार्डको विषयलाई लिएर उनी रुष्ट बनेकी हुन् । रोनाल्डोलाई फुटबल मैदानमा नै विपक्षलाई हात लगाएको आरोपमा रातो कार्ड देखाईएको थियो । खेलको २९ औं मिनेटमा उनले रातो कार्ड पाएका थिए । यो एकदमै गलत भयो, भुलको न्याय हन्छ, उनीहरुले मेरो दादालाई सिध्याउन खोज्दैछन्, केटियाले भनेकी छिन् ।

रातो कार्डपछि रोनाल्डोले आगामी योङ ब्वाईजसँगको खेल गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्