कट्रिना र मेरो सम्बन्ध बिग्रिएको छैन : आलिया



३० साउन २०७५, काठमाडौँ

कट्रिना कैफ र आलिया भट दुवै बलिउडका स्थापित र एक अर्काको नजिक रहेका नायिकाहरु हुन् । तर अहिले भने यिनीहरुको सम्बन्ध चिसिएको खबर आईरहेको छ । यसका कारण हुन् अभिनेता रणवीर कपुर । रणवीर कपुर हाल आलिया भटसँग अफेयरमा छन् । आलियाभन्दा अगाडी उनको अफेयर कट्रिनासँग थियो । त्यसैले आलिया र कट्रिनाको सम्बन्ध बिग्रिएको कुरा बलिउड बृत्तमा बाहिर आएको हो ।

आलिया भने यो कुरा गलत रहेको बताउँछिन् । उनी भन्छिन्, ‘कट्रिना र मेरो सम्बन्ध कत्तिपनि बिग्रिएको छैन । हामी एक अर्काको मिल्ने साथी हौँ र हाम्रो कुरा पनि भैरहन्छ ।’ यसरी कट्रिना र आलियाको झगडा भएको कुरा आईरहँदा वास्तवमै रणवीरका कारणले यिनीहरुको मनमुटाव भएको हो वा होइन त्यो भने आलिया र कट्रिनालाई नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्