फेक रेस्क्यूमा संलग्न १७ कम्पनीहरुलाई कारबाहीको सिफारिस



३० साउन २०७५, काठमाडौं

उच्च हिमाली भेगमा भ्रमणका लागि गएका पर्यटकहरुलाई दुषित तथा सडेगलेका खाना खुवाई बिरामी बनाएर हेलिकप्टरद्धारा फर्जी उद्दार र उपचारमा संलग्न ट्राभल्स टुर, रेस्क्यू एजेन्सी तथा अस्पताललगाएत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ ।

नेपाल सरकारद्धारा गठित अध्ययन कार्यदलले तयार पारेको प्रतिबेदनमा बल्खुस्थित बयोधा अस्पताल, काठमाडौं ग्रन्डी अस्पताल, थापाथलीको नर्भिक अस्पताल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुतलीको सकोन अस्पताल र कपुरधाराको सिवोक अस्पतालले चिकित्सकीय मर्यादाविपरित फरक–फरक शिर्षकमा बिल बीजक खडा गरेको औंल्याउदै निम्न अस्पतालमाथि थप छानबीन तथा अनुगमन गर्न श्वास्थ्य मन्त्रालयलाई भनिएको छ ।

यस्तै ट्रेकिङ टुर तथा रेस्क्यूतर्फ ईजी हेली चार्टस सर्भिस, फ्लाइट कनेक्सन, माउन्टेन रेस्क्यू सर्भिस, हिमालयन सोसियल जर्नी, अल्पाईन रेस्क्यू, कैलाश चार्टर रेस्क्यू, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस रहेका छन् ।

साथै एयर डाईनेस्टि र मनाङ एयर हेली एभरेष्ट सर्भिस पनि ठगिमा संलग्न भएको समितिको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्