साउनको अन्तिम सोमबार सकिएसँगै अर्जुनधारा धामको पोखरीका माछा मृत अवस्थामा फेला, फुडपोइजन भएको अनुमान



२९ साउन २०७५, झापा

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा साउनको अन्तिम सोमबार सकिएसँगै पोखरीका माछा मृत अवस्थामा फेला परेका छन् ।

सुष्मा तिखत्री

साउनको अन्तिम सोमबार विभिन्न स्थानबाट भक्तजनहरु जलेश्वर धाममा जल चढाउन आउने र चढाउन ल्याएका सामानहरु पोखरीमा हालेपछि माछाहरुको फुडपोइजनका कारण मृत्यु भएको अनुमान गरिएको छ ।

यसैबीच समितिसँग बुझ्दा भक्तजनहरुलाई पोखरीमा आफूले चढाउन ल्याएको सामाग्री पोखरीमा नलगाउन अनुरोध गरिएको भएपनि उनीहरुलको अटेराइमा पोखरीमा त्यस्ता वस्तु हालिएका कारण माछाहरुमा फुडपोइजनका भएर धेरै माछा मरेका र अन्य थुप्रै माछाहरु बिरामी परेको धाम समितिका महासचिव विष्णु निरौलाले बताए ।

पोखरीमा मागुर,रहु ,पोटी लगायतका विभिन्न प्रजातीका माछाहरु रहेकोमा जतिपनि मरेका छन् तिनलाई निश्चित स्थानमा खाडल खनी पुरीने र पोखरीको पानीलाई पूरै निकाली फटकिरी पोटास लगाएर सफा गर्ने समितिका सदस्य शेखर प्रधान बताउँछन् ।

त्यसैगरी समितिका अध्यक्ष नवीन गट्टानीका अनुसार यस्तो समस्या पहिला पनि आएको र यसपटक पनि माछामा समस्या आएकोले अबका दिनमा पोखरीमा फूलपाति तिल, जौ लगायतका सामान नपस्नेगरी तारजाली लगाउने र आउँदा दिनमा यस्तो समस्या दोहोरिन नदिने गरी माछाको संरक्षण गर्ने बताएका छन् ।

पोखरीमा विभिन्न प्रजातीका माछाहरु थिए र ठूला साना गरी २ सय ५० को हाराहारीमा माछा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्