२५ साउन २०७५, पोखरा
पोखरा नेपाली जुत्ता घरले आयोजना गरिरहेको समर सेल मेलामा पोखराका ग्राहकहरुका लागि विशेष छुट अफर ल्याएको छ । कम्पनीले ग्राहकहरुको विशेष अनुरोधमा सिमित अवधिका लागि मात्र विशेष अफरमा जुत्ता चप्पल बिक्री गर्ने योजना ल्याएको हो । पोखरामा आयोजित मेलामा ग्राहकहरुले आफूले रुचाएका र आधुनिक गुणस्तरीय जुत्ता चप्पल किन्न पाएपछि अत्याधिक भीड लागिरहेको छ ।
विशेषगरी पोखराका ग्राहकहरुको मागलाई ध्यानमा राखेर आयोजक पोखरा नेपाली जुत्ता घरले यो मेलालाई सिमित अवधिसम्म संचालन गरिरहेको छ ।
मेलामा उत्कृष्ट मोडल र डिजाइनका गुणस्तरीय आधुनिक र आरामदायक जुत्ता चप्पलहरु उपलब्ध गराईएको छ ।
कम्पनीहरुले अहिले बजारमा माग भएका जेन्स जुत्ता, बुट, स्कूल सुज, पार्टि सुज, स्पोर्टस सुजहरु भारी छुटमा बिक्री गरिरहेकोछ । मेलामा न्यूनतम ४०० रुपैयाँ देखिका उत्पादनहरु बिक्रीका लागि राखिएका छन जसले गर्दा ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सूपथ मूल्यमा नेपाली ब्राण्डका जुत्ता चप्पलहरु खरिद गरिरहेका छन् ।
सबै कम्पनीहरुले समर सेल मेलामा फ्याक्ट्रिबाट उत्पादित नयाँ रेगुलर जुत्ताहरुको खरिदमा २० प्रतिशतसम्मको छुट दिएका छन् ।
नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले पोखराका ग्राहकहरुले समर सेल मेलामा नेपाली उत्पादनलाई विशेष माया गरेको बताए ।
‘पोखराका ग्राहकहरुले नेपाली उत्पादनलाई निकै मनपराउनु भएको छ । अझ नेपाली जुत्ता चप्पल टिकाउ र गुणस्तरीय भएको र निकै सूपथ मूल्यमा छानीछानी किन्न पाईने भएपछि ग्राहकहरु पटक पटक आएर किन्ने गरेका छन् त्यसैले पनि हामीले पोखराबासीका लागि विशेष अफर ल्याएका हौं,’ उपाध्यायले भने ।
हरेक नेपालीको खुट्टामा नेपाली ब्राण्डका जुत्ता चप्पल होस भन्ने उद्धेश्यले समर सेल मेलामा अफर मूल्य दिईएको हो । नेपाली जुत्ता चप्पल ब्राण्डको दिन प्रतिदिन बजार बिस्तार भईरहेको र ग्राहकहरुले अधिक मनपराएको हुँदा पनि कम्पनीहरुले भारी छुटमा नेपाली जुत्ता चप्पलहरु भारी मूल्यमा उपलब्ध गराएका हुन् ।
पोखरामा रहेको पोखरा नेपाली जुत्ता घर सिद्धार्थ चोक चिप्लेढुंगामा रहेको आधिकारिक शोरुमहरुमा समर सेल मेलाअन्तरगत विभिन्न डिजाइन र मोडलका नेपाली जुत्ता चप्पलहरु खरिद गर्न सकिनेछ ।