समर सेल मेला अब सिमित अवधिका लागि



२० साउन २०७५, काठमाडौं

नेपाली जुत्ता घरले आयोजना गरिरहेको समर सेल मेला ग्राहकहरुको विशेष अनुरोधमा अब सिमित अवधि मात्र बाँकी रहेको छ । मेलामा ग्राहकहरुले आफूले रुचाएका र आधुनिक गुणस्तरीय जुत्ता चप्पल किन्न पाएपछि अत्यधिक भीड लागिरहेको छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राखेर आयोजक नेपाली जुत्ता घरले यो मेलालाई सिमित अवधिसम्म संचालन गरिरहेको छ । मेलामा उत्कृष्ट मोडल र डिजाइनका गुणस्तरीय आधुनिक र आरामदायक जुत्ता चप्पलहरु उपलब्ध गराईएको छ ।

कम्पनीहरुले अहिले बजारमा माग भएका जेन्स जुत्ता, बुट, स्कूल सुज, पार्टि सुज, स्पोर्टस सुजहरु भारी छुटमा बिक्री गरिरहेकोछ । मेलामा न्यूनतम ४०० रुपैयाँ देखिका उत्पादनहरु बिक्रीका लागि राखिएका छन जसले गर्दा ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सूपथ मूल्यमा नेपाली ब्राण्डका जुत्ता चप्पलहरु खरिद गरिरहेका छन् ।

सबै कम्पनीहरुले समर सेल मेलामा फ्याक्ट्रिबाट उत्पादित नयाँ रेगुलर जुत्ताहरुको खरिदमा २० प्रतिशतसम्मको छुट दिएका छन् ।

नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले ग्राहकहरुको चाहनाअनुसार कम्पनीहरुले नेपाली जुत्ता चप्पल उपलब्ध गराएको हुँदा समर सेलमा आउने ग्राहकहरुले केहि न केहि किन्ने गरेको बताए ।

‘नेपाली जुत्ता चप्पल टिकाउ र गुणस्तरीय भएको र निकै सूपथ मूल्यमा छानीछानी किन्न पाईने भएपछि ग्राहकहरु पटक पटक आएर किन्ने गरेका छन्, उनीहरुको मागलाई ध्यानमा राखेर सिमित अवधिका लागि मेला थप गरेका हौं,’ उपाध्यायले भने ।

हरेक नेपालीको खुट्टामा नेपाली ब्राण्डका जुत्ता चप्पल होस भन्ने उद्धेश्यले समर सेल मेलामा अफर मूल्य दिईएको हो । नेपाली जुत्ता चप्पल ब्राण्डको दिन प्रतिदिन बजार बिस्तार भईरहेको र ग्राहकहरुले अधिक मनपराएको हुँदा पनि कम्पनीहरुले भारी छुटमा नेपाली जुत्ता चप्पलहरु भारी मूल्यमा उपलब्ध गराएका हुन् ।

नेपाली जुत्ता घरको जमल, बालाजु बुद्धमल, महाराजगंज चक्रपथ, अद्धैत मार्ग पुरानो बसपार्क, कुमारीपाटि ललितपुर र पोखरामा रहेको पोखरा नेपाली जुत्ता घर सिद्धार्थ चोक चिप्लेढुंगामा रहेको आधिकारिक शोरुमहरुमा समर सेल मेलाअन्तरगत भारी छुटमा नेपाली जुत्ता चप्पलहरु खरिद गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्