रबी लामिछानेको नाममा बनेको गीत चर्चा कमाउदै बजारमा (भिडियो सहित)



१८ साउन २०७५, काठमाडौं

चर्चित पत्रकार रबी लामिछानेको नाममा बनेको गीत यतिखेर चर्चा कमाउदै बजारमा आएको छ। शान्तीश्री परियार र सन्तोष बस्नेतको स्वरमा रहेको उक्त रबी लामिछाने जिन्दाबाद नामको गीत भर्खरै मात्र बजारमा आएको हो ।

रबी लामिछानेको लोकप्रिया कार्यक्रम सिधा कुरा जनतासँगबाट प्रभावित भएर सन्ध्या केसीले शब्द लेखेकी हुन् भने उक्त शब्दलाई गणेश अधिकारीले लय भरेका छन् ।

https://youtu.be/bm_viAEplCI

शम्भु कुँवर र सन्तोष बस्नेतको प्रस्तुति रहेको गीतमा विपेश घिमिरे र आशा खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतमा रबीले कार्यक्रम सिधा कुरा जनतासँगमा गरेका कामहरुलाई पनि देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्