केसीले भने : राजधानी जानै परे आफ्नै तरिकाले जान्छु सरकारी हेलिकप्टर चढ्दिन



०३ साउन २०७५, काठमाडौं

चिकित्सा शिक्षा अध्यादेश अनुरुप सरकारले चिकित्सा विधेयक नल्याएको विरोधमा विगत २० दिन देखि अनसनरत डाक्टर गोबिन्द केसीलाई राजधानी ल्याउन भन्दै गएको प्रहरीलाई केसीका समर्थकबीच झडप भएपछी केसीले राजधानी जाने प्रतिक्रिया दिएका छन्। केसी राजधानी गए पनि आफ्नै तरिकाले जाने तर सरकारी हेलिकप्टर चडेर नजाने भएका छन्।

अनसनरत डाक्टर केसीको स्वास्थ्य नाजुक हुदै गएको मेडिकल रिपोर्टपछि केसीलाई लिन गएको सरकारी टोलीलाई रोक्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु चेन गेट लगाएर भर्याङ्गभरि बसेर अवरोध गरेका थिए । अवरोध हटाएर अघि बढ्ने क्रममा केसी समर्थकबीच झडप भएको थियो। झडपमा १ प्रहरी र दुई दर्जन केसी समर्थक घाइते भएका छन्।

अस्पतालमा झडप हुन थाले पछि केसी राजधानी जान तयार भएका छन् । केसीलाई राजधानी ल्याउन जुम्ला पुगेको हेलिकप्टर पर्खिरहेको कर्णाली परदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । त्यसै गरी केसीलाई तत्काल राजधानी लानको निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि कुरा भइरहेको र उपकुलपतिले पनि डाक्टर केसी जानुहुन्छ भनेर भनेको मुख्यमन्त्री शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्