ब्ल्याक डायमण्ड ‘पेले’ को जीवनी



१३ असार २०७५, काठमाडौं

पेले एक ईनसाइड सेकेण्ड फरवार्डको रपमा खेल्थे, जसलाई प्लेमेकरको नाम पनि दिने गरिन्थ्यो । पेलेको टेक्निक र प्राकृतिक जोशीलोेपन को विश्वभर  प्रशंसा गरिएको छ र उनको खेल समयमा उनी सर्वश्रेष्ठ ड्रिबलिङ्ग, पासिङ्ग, र गोल बनाउने क्षमताका को लागि प्रशिद्ध थिए ।

सन् १९५९ मा उनले क्लबको तर्फबाट पहिलो म्याच खेले र पहिलो गोल पनि हाने । त्यसपछि उनले सफलताको शिखर चुम्दै गए । उनी मात्र १६ बर्षको उमेरमा आफ्नो देशको राष्ट्रिय टिमको सदस्य बने र छिटै सफलताको शिखर तर्फ अगाडी बढे । १९६९ मा उनले आफ्नो १९९९ औँ गोल हाने । पेलेको नेतृत्वमा ब्राजिलले फुटबलमा धेरै उल्लेखनीय सफलता प्राप्त गरेको छ । उनले आफ्नो सम्पूर्ण जीवनमा १३६३ म्याच खेलेका छन् र १२८१ गोल हानेका छन् ।

शुरुवाती जीवन
पेले को जन्म ट्रेस कोराकोस, ब्राजीलमा डोना सेलेस्टी अरान्टिसको रुपमा भएको थियो । उनको नाम अमेरिकी अन्वेषक थोमस एडीसनको नाममा राखिएको थियो । तर उनको माता पिताले नामको  अंग्रेजी अक्षर ‘आई’ निकालेर  ‘एडसन’ राख्ने निर्णय लिए । तर उनको जन्मको प्रमाणपत्रमा त्रुटि भएकाले धेरै कागजपत्रमा उनको नाम एडसन नभएर एडीसन नै हुन गयो । उसको परिवारले मूल रुपमा उनलाई उपनाम डिको दिएका थिए । उनको उपनाम पेले उनलाई स्कूलको दिनहरुमा प्राप्त भएको थियो । जसले यो बताउँछ कि उनलाई उनको मनपर्ने खेलाडी स्थानीय वास्को दा गामा को  गोलकीपर बिले को नामको गलत उच्चारण गरेका कारण दिइएको थियो । तर जति उनी अस्वीकार गर्थे त्यति नै यो नाम उनीसँग जोडिदै गयो । आफ्नो आत्मकथामा पेलेले भनेका छन् कि उनलाई र उनको मित्रलाई थाहा थियो त्यो नामको अर्थ के हो भनेर ।

पेले आफ्नो व्यक्तिगत जीवनमा खुल्ला विचारवाला थिए । उनले ३ पटक विवाह गरेका थिए । उनको पहिलो विवाह रोजमेरी डोस रईस चोल्बीसँग सन् १९६६ मा भएको थियो । उनको पहिलो श्रीमतीबाट उनकी २ वटी छोरीहरु भएका थिए । तर सन् १९८२ मा उनको सम्बन्ध विच्छेद भयो । सन् १९८१ देखि सन् १९८६ सम्म उनी उनका साथी क्सुक्सासँग रोमान्टिकली इन्भल्भडमा थिए । जसबाट उनलाई एक मोडल बन्नको लागि सहायता प्राप्त भएको थियो । क्सुक्सा जम्मा १७ बर्षकी थिइन्, जब पेलेले उनीसँग डेट सुरु गरेका थिए । त्यसपछि उनले सन् १९९४ मा मनोवैज्ञानिक र सुसमाचार गायक अस्सिरिया लेमोस सेइक्साससँग विवाह गरे । त्यसपछि उनले २ जुडवा बच्चालाई जन्म दिए । त्यसपछि फेरि उनी आप्mनी अर्की श्रीमतीसँग पनि छुट्टिए र हाल सन् २०१६ मा फेरि मर्सिया ओकिसँग विवाह गरे । यो उनको अहिलेसम्मको व्यक्तिगत जीवन हो ।

करियर
सन् १९५९ मा उनको पौलिस्ताको उपाधिलाई कायम राख्न उनी असमर्थ भएका थिए । जसले गर्दा उनको सफलताको सपनाको दौडमा रोक लागेको थियो । तर सन् १९६० मा उनले आफ्नो पूरा मेहेनतका साथ खेललाई जारी राखे र खेलको मैदानमा आफ्नो असाधारण प्रदर्शन देखाए । जसले सैंटोस को  उपाधि फिर्ता पाउन मदत मिल्यो । सो समयमा उनको क्लबले टप स्कोरर र उपाधि जितेको थियो । सन् १९६२ उनको करियरको सबैभन्दा राम्रो खेल वर्ष थियो । उनले सैंटोसलाई कोपा लीबरताडोरेस प्रतियोगितामा एक रोमांचकजीत हासिल गर्नको लागि निर्देशित गरेका थिए ।

घरेलु लिगमा पेलेले आफ्नो करियर शुरुवात गर्दा मात्र उनी १६ का थिए । सन् १९७२–७३ सम्म उनले ब्राजील लिग सांटोसको लागि खेले । लाभप्रद अमेरिकी लिग उनको करियरको अन्तिम खेल रहेको छ । १९७५ मा उनले न्यूयोर्क कस्मोसको लागि प्रशिक्षको रुपमा हस्ताक्षर गरे र तीन सत्र निभाए । पेलेलाई १९९२ मा परिस्थिति र पर्यावरणको लागि संयुक्त राष्ट्रको राजदूत नियुक्त उनलाई गरियो।

१९६४ मा अर्जेन्टिना विरुद्धका खेलमा उनलाई विपक्षी टीमका खेलाडीहरुले बारम्बार किक हानिरहेका थिए । तर रेफ्रिले ती खेलाडीलाई निकाल्नुको सट्टा पेलेलाई निकालेर यो साबित गर्न चाहन्थे कि उ पेलेलाई गेमबाट निकाल्ने रेफ्रिको रुपमा सबैको नजरमा चिनियोस् । पेलेमा देशप्रेमको भावना भरिपूर्ण थियो । उनको खेल देखेर इटालीको एक क्लबले उनलाई क्लबमा अनुबन्धित हुनको लागि २५ लाख दिने प्रस्ताव राखेका थिए । एक अल्लीयर्स क्लबले त उनलाई पेट्रोल र कोइला को साथ एक जहाज दिने प्रलोभन पनि देखाएका थिए । पेलेले १४ बर्षसम्म आफ्नो देशको नेतृत्व गरे । आफ्नो खेल जीवनमा  पेलेले १९५९ मा १२६ गोल हानेका थिए । १९६९ मा उनले १ हजार १३१ गोल हानेर फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । उनको यो घोषणाले ब्राजीलवासीहरु धेरै रोएका थिए । उनको देशमा मानिसहरु फुटबल हेर्न यत्ति रुचाउँछन् कि आफ्नो टिमले हार्यो भने आत्महत्या समेत गर्छन् र जित्दाखेरी नाँचगान गर्छन् । फुटबल ब्राजीलको राष्ट्रिय खेल पनि हो । बच्चैदेखि फुटबल खेल्न रुचाउने पेलेले फुटबल खेलेर धेरै सम्पत्ति पनि कमाएका छन् । त्यतिमात्र नभएर मात्र पेलेकोे नेतृत्वमा ब्राजीलले ३ चोटी विश्वकप हात पार्न समेत सफल भएको थियो ।

पेलेका महान विचारहरु

  • खेल भनेको यस्तो चिज हो जुन युवाहरुको लागि निकै प्रेरणादायक हुन्छ ।

  • पृथ्वीमा हरेक चिज एक खेल हो । जुन एक दिन सक्किएर जानेछ ।

  • हामीले मानिसको सम्मान गर्न जरुरी हुन्छ ।

  • उत्साह सबैथोक हो । यो गिटारको तारजस्तै कसिलो र भाइब्रेट भएको हुनुपर्छ ।

  • मलाई लाग्दैन कि म एउटा धेरै राम्रो बिजनेसम्यान हुँ ।

  • ब्राजिल फुटबलमा बाँचेको छ । यसले फुटबललाई सम्मान गर्छ ।

“ब्ल्याक डायमण्ड” तथा “फुटबल किङ्ग” को नामबाट चिनिने पेले धेरै धनसम्पत्ति र नाम कमाएर पनि अत्यन्त विनम्र, सहृदयी र सहज छन् । विज्ञापन, रक्सी तथा तम्बाकू सेवनबाट जीवनभर दूर रहने पेलेलाई जब उनले सन्यास लिएका थिए त्यसबखत यूगोस्लोभाकियाको राष्ट्रपति टीटो ले राष्ट्रिय सम्मानले सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्