सलमानको रेस ३ कमायो ३ दिनमा सय करोड



०५ असार २०७५, काठमाडौँ

‘रेस ३’ को सानदार सुरुवातसँगै फेरि एकपटक बलिउड सुपरस्टार सलमान खानले आफूलाई भारतीय बक्सअफिसको ‘किंग’ साबित गरेका छन् । फिल्मप्रतिको क्रेज अझै बढिरहेको छ । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोडको व्यापार गर्न सफल भएको छ । ‘रेस ३’ ले भारतीय बक्सअफिसबाट विकेन्डमा १ सय ६ करोड ४७ लाख कमाउन सफल भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार,‘रेस ३’ ईदमा रिलिज भएका सलमानको अहिलेसम्मकै दोस्रो सबैभन्दा ठूलो विकेन्ड ओपनर फिल्म बनेको छ ।

फिल्मले पहिलो दिन २९ करोड १७ लाख, दोस्रो अर्थात् ईदको दिन ३८ करोड १४ लाख र तेस्रो दिन ३९ करोड १६ लाख कलेक्सन गरेको छ । ‘रेस ३’ तीन दिनमा सय करोड क्लबमा ईन्ट्री हुने सलमानको चौथो फिल्म बनेको छ ।  यसभन्दा पहिला यो लिस्टमा ‘बजरंगी भाईजान’, ‘सुल्तान’, ‘ट्यूबलाइट’, ‘टाइगर जिन्दा हे’ सामेल छन् ।

रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले आगामी दिनहरुमा अभैm राम्रो व्यापार गर्न सक्ने निमार्ण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्