कपनमा ४ कोठे क्रियापुत्री भवनको शिलान्यास



०४ असार २०७५,काठमाडौँ

बूढानिलकण्ठ नगरपालिका स्थित वडा नं १२ मा क्रियापुत्री भवन बन्ने भएको छ । नगरपालिकाले १२ नम्बर वडा कपनमा रहेको वालकुमारी मन्दिरमा उक्त भवन बनाउन लागेको हो ।

निर्माणहुन गईरहेको उक्त क्रियापुत्री भवनको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं परराष्ट्रविद् डा. राजन भट्टराईले आज जगपुजा गर्दै शिलान्यास गरेका छन् ।

मन्दिरको जग्गा व्यक्तिगत भोगचलन गरी हडप्ने प्रयत्न गरिरहेको व्यक्तिलाई आफू निर्वाचित भए पश्चात फिर्ता गराउन सफल भई हाल भवन निर्माणको थालनी गरिएको १२ नम्बर वडाका वडाध्यक्ष शम्भु भट्टराईले जानकारी गराए ।

करिव ३० लाखको लगानीमा शौचालय सहितको २ वटा हल भएको ४ कोठे भवन बनाउन लागिएको हो । नगरपालिकाको लगानीमा बन्ने सो भवनमा सुन्दर पार्क सहित २/३ सय आमाबुवा बसेर भजन किर्तन गर्न मिल्ने एउटा छुट्टै ठाउँ पनि बनाउने योजना रहेको वडाध्यक्ष भट्टराईले परिवर्तन खबरलाई बताए ।

यही मंसिर महिनासम्ममा भवनको निर्माण कार्य सकाएर प्रयोगमा ल्याईने नगरपालिका श्रोताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्