बूनपामा ‘प्रथम युवानिलकण्ठ’ कार्यक्रम शुरु हुँदै



२० जेठ २०७५, काठमाडौँ

बूढानिलकण्ठ नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका युवाहरुको रचनात्मक क्षमता विकास गर्दै उद्यमशिलता उजागर गर्न ‘प्रथम युवानिलकण्ठ’ कार्यक्रम शुरु गर्ने भएको छ ।

नगरलाई युवामैत्री नगरपालिकाको रुपमा विकास गरी नगरको विकासमा युवाको सहभागिता र क्षमतालाई सदुपयोग गर्ने वातावरण निर्माण हुने नगरपालिकाले अपेक्षा गरेको नगरप्रमुख उद्धव खरेलले जनाएका छन् ।

करिब २ हप्ता चल्ने कार्यक्रममा डा. युवराज संग्रौला, डा. केदार बराल, डा राजीव सुब्बा लगायतका विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

नगरपालिका भित्रका ईच्छुक १८ देखि २८ वर्ष समूहका युवाहरुले नगरपालिकाका सवै वडा कार्यालय मार्फत निवेदन दिन सक्ने जनाएको छ ।

स्थानीय युवाले मात्र सहभागी हुन पाउने कार्यक्रममा स्थानीय भएको प्रमाण र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

वडाध्यक्षको सिफारिसमा प्रत्येक वडाबाट ३ जना आवेदकले सहभागी हुन पाउने आयोजकले जनाएका छन् । सहभागीहरुलाई आवासीय सुविधा सहित विषय विज्ञबाट प्रशिक्षण गराईने आयोजकले बताएका छन् ।

निवेदनको लागि भोलि २०७५ जेठ २१ गते सोमबार अन्तिम मिति तोकिएको छ । ईच्छुक युवाहरुले तलको लिङ्कबाट आवेदन दिन सक्नेछन् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdZHI-rus2EgSCR0KplAr6fJltbDOghzamWEUhxeRqde_7zMw/viewform

प्रतिक्रिया दिनुहोस्