ह्याण्ड इन ह्याण्ड फाउण्डेसनद्वारा स्थानीय तह लक्षित गोष्ठी सम्पन्न



०६ जेठ २०७५, काठमाडौँ

ह्याण्ड इन ह्याण्ड फाउण्डेशनद्वारा आयोजित स्थानीय तह सञ्चालन कार्यविधि तथा कानुनी प्रक्रिया र जनप्रतिनिधि कर्मचारी व्यवस्थापन र भूमिका विषयक गोष्ठी सम्पन्न भएको छ । डा. राजन भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्वागत मनतव्य ह्याण्ड इन ह्याण्डका ध्रुवप्रसाद भट्टराईले राखेका थिए ।

कार्यक्रममा अतिथिहरु बुनपाका नगर प्रमुख उद्धव खरेल, उपप्रमुख रमा राई लगायत सावित्रा भूषाल, बुनपाका वडा अध्यक्षहरु, कर्मचारीहरु, बुनपा प्रशासकिय प्रमुख अधिकृत प्रदिप पौडेल र समाजसेवी तथा राजनितिक दलका कार्यकर्ताहरु रहेका थिए ।

यसै क्षेत्रका पूर्व माननीय डा. भट्टराईले विषयविज्ञहरुसँगको यस्ता अवसरलाई सदुपयोग गरी एक वर्षमा गरेका कामहरुको प्रचार गर्दै नयाँ ढङ्गबाट बाँकी चार वर्षमा राम्रा काम गर्नुपर्नेमा जोड दिए । अबको तीन वर्षमा पानी  सहितको धारा उपलव्ध गराउने र सडकहरुलाई व्यवस्थित गर्ने बताए ।

कार्यक्रममा सावित्रा भूषालले सरकारको लक्ष्य ‘समृद्द नेपाल: शुखी नेपाली’ को लागि आवश्यकता अनुसारको तालिम लिनु पर्नेमा जोड दिईन् ।

कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी व्यवस्थापन सम्बन्धमा कृष्णहरी बास्कोटा र स्थानीय तह संचालन कार्यविधि कानुनी प्रक्रीयामा रुद्र नेपालले प्रशिक्षक दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्