चलचित्र तिमी सँगको शिर्ष गीत सार्वजनिक…(भिडियो सहित)



काठमाडौं । चलचित्र ‘तिमी सँग’को शिर्ष गीत रिलिज भएको छ । बुधावार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेका हुन् । आगामी चैत्र २३ मा प्रदर्शन हुने फिल्म ‘तिमी सँग’ को टाईटल गीत सार्वजनिक गरिएको हो । अन्नपूर्ण बेस क्याम्पका दृश्य समावेश गीतमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता आकाश श्रेष्ठको रोमान्स रहेको छ । उक्त कार्यक्रमा उपस्थीत भएकाहरुले गीत राम्रो भएको बताएका छन् ।


कार्यक्रमा उपस्थीती भएकी कलाकार तथा निर्देशक दिपा श्री निरौलाले चलचित्रका निर्देशक शिशिर एस जे वि रानालाई यो त निर्देशनको फड्को हो भन्दै निर्देशकको प्रशंशा समेत गरेकी छन् ।

त्रिकोणात्मक प्रेम यात्रा समेटिएको फिल्ममा साम्राज्ञीसंगै अभिनेताद्वय नाजिर हुसेन र आकाश श्रेष्ठ फिचरिङमा देखिने छन् । फिल्ममा विल्सन विक्रम राई र रविन्द्र झाको पनि मुख्य अभिनय रहेको छ । निर्देशक शिशिरले भने आफ्नो फिल्ममा अन्य सात कलाकारहरुको केमियो अभिनय रहेको बताए । ‘जाडोमा सुट गर्न जहिले पनि मलाई पर्दो रहेछ होइन, गीत राम्रो बनेको छ’ कार्यक्रममा साम्राज्ञीले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्