जान्नुहोस् ! छालालाई सुरक्षित राख्ने तरिका



छालाको सुन्दरताका लागि केही काममा अनिवार्य रुपमा ध्यान दिनुपर्छ । रातमा मेकअप हटाएनौँ भने छालामा निकै ठूलो समस्या देखिन सक्छ । सुत्नुअघि छालाको कुनाकुनामा लागेको मेकअप राम्रोसँग हटाउन जरुरी छ ।

मेकअप नहटाउँदा एकातर्फ छालामा दीर्घकालीन असर पर्न सक्छ । अर्कोतर्फ इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

छालाको सुरक्षाका लागि मेकअप हटाएर मात्र पुग्दैन । मेकअप हटाएपछि राम्रोसँग सफा गर्न पनि जरुरी हुन्छ । जसका लागि राम्रो खालको फेस क्लिन्जर प्रयोग गर्न सक्नुहुन्छ । रौँका जराजरामा बसेका फोहोर पनि राम्रोसँग सफा गर्न जरुरी हुन्छ ।

एउटा राम्रो नाइट क्रिम ब्युटी किट बन्न सक्छ । रातको समय नाइट क्रिमको प्रयोग गर्दा यसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । यस्तो क्रिमले स्किन सेललाई पनि रिपेयर गर्न सहयोग गर्छ ।

आँखाभन्दा मुनिको छाला शरीरको सबैभन्दा पातलो अंग हो, जसलाई अन्डर आई पनि भनिन्छ । यसको विशेष सुरक्षा गर्न आवश्यक हुन्छ । यसका लागि अन्डर आई क्रिमको पनि प्रयोग गर्न सक्नुहुन्छ । जसले आँखामुनि कालो घेरा बस्ने र सुन्निने समस्याबाट टाढा राख्छ ।

छालाको चमकलाई टिकाइराख्न पूर्ण निद्राको जरुरी हुन्छ । यसका लागि सातदेखि आठ घन्टासम्म सुन्नुपर्छ । यसरी सुत्दा अर्को दिनका लागि छाला पुनर्जीवित हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस्