अब एसइई परीक्षामा चिट चोर्ने र चोराउनेलाई एक लाख जरिवाना सहित ६ महिना कैद



काठमाडौं, ५ चैत

केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । देशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् ।

चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा चिट चोर्ने/चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ ।

गत बर्षदेखि अक्षरांक प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ । आगामी बर्षदेखि एसइई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्