श्रीपशुपतिनाथ महोत्सवमा उपत्यका स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न



काठमाडौँ, ४ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजको संयोजनमा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्र हंश मण्डल चौँथो दिनमा अन्तर स्कुल लोक नृत्य प्रतियोगिता आयोजना सम्पन्न भएको छ ।

प्रतियोगितामा उपत्यकाका १२ विद्यालय सहभागी थिए । प्रतियोगितामा न्यू नलेज इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीको कौँडा नृत्य प्रथम, होली एन्जल पब्लिक इङ्लिस बोर्डिङ स्कुलको मेन्दोमायाँ नृत्य दोस्रो, ब्राईट जोन स्कुलको झाँगड नृत्य तेस्रो, स्कीम्स पब्लिक स्कुलको यैसाझारे पूर्वेली मारुनी नृत्यले चौँथो स्थान र आस्था विद्या मन्दिरले उत्कृष्ट भेषभुषा श्रृँगार तथा अनुशासन स्थान प्राप्त गरेका थिए ।

प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार र ट्रफी, दोस्रो स्थानलाई १५ हजार र ट्रफी, तेस्रो स्थानलाई १० हजार र ट्रफी र सान्त्वनालाई ५ हजार र ट्रफी प्राप्त गर्ने छन् । पुरस्कार श्रीपशुपतिनाथ महोत्सव–२०७४ को अन्तिम दिन चैत्र ७ गते वितरण गरिने आयोजकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्