जेठाजुबाट बुहारीलाई मिर्गौला दान



काँकडभिट्टा, ४ चैत

झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ ।

भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौँ स्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ ।

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र  ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गौला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गौला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो ।

सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ  भने दिन आफू तयार रहेको बताउनुभएको थियो । मिर्गौलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताउनुभयो । उहाँका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ ।  झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उहाँकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गौला दान दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्