जितपुर, कपिलवस्तु, २१ पुस, २०७४ : पुसको यो कठ्याङ्ग्रिँदो जाडाको पर्वाह नगरी बाटो नभएर समस्या झेल्दै आएका शिवराज नगरपालिका–९ विजगौरी र रमुवादहका महिलाले आफैँ श्रमदान गरेर बाटो निर्माण गरेका छन्
रमेश लम्साल, काठमाडौँ, २० पुस २०७४ : बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले
काठमाडौँ, २० पुस २०७४ : कर्णाली अञ्चलबाट नवनिर्वाचित सांसदले कर्णालीको विकासका लागि आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ–कालीकोट संघीय जनसम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूका लागि आयोजना गरेको बधाई
पोखरा, २० पुस पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताउनुभएको छ । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ
फलेवास, पर्वत, १९ पुस २०७४ : उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधन चल्ने दुईवटा पुलको निर्माण कार्य शुरु भएको छ । उक्त खण्डमा निर्माण
रमेश लम्साल,काठमाडौँ, पुस १८, २०७४ : बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना
काठमाडौँ, पुस १८, २०७४ : हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न कर्णाली करिडोर प्राथमिकतामा रहेको बताउनुभएको छ । अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना
काठमाडौँ, पुस १८, २०७४ : सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी
काठमाडौँ, पुस १८, २०७४ : काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको
रोल्पा, १८ पुस २०७४ : सरकारी अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने
रामपुर, पाल्पा, १७ पुस : आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ । आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको
काठमाडौँ, पुस १६, २०७४ : मेलम्चीको पानी ग्याल्थुमतर्फ ल्याउने सुरुङ छिचोलिएको छ । सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराई (ब्रेक थ्रु) सुरुङ
You must be logged in to post a comment.
You must be logged in to post a comment.