कर्णाली करिडोर पहिलो प्राथमिकता : नेता लामा



काठमाडौँ, पुस १८, २०७४ : हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न कर्णाली करिडोर प्राथमिकतामा रहेको बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सडकको सुविधा नभएकाले स्थानीय स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि कृषि, जडीबुटी र बागवानीलाई बजार पु¥याउन नसकिएको बताउँदै सिमीकोट–कर्णाली करिडोर सडकखण्ड निर्माण पूरा भएपछि त्यहाँको विकास र समृद्धि हुने बताउनुभयो ।

उहाँले स्थानीयवासीले विभिन्न समयमा खाद्य संकट व्यहोर्नुपरेको र तिब्बतमा पुगेर उपभोग्य सामग्री किन्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्