०७ बैशाख २०७६, काठमाडौं
२०४२ सालमा स्थापना भई समुदायको हकहितको लागि काम गर्दै आएको जनकल्याण सेवा संघले कुमारीगालको हनुमान मन्दिर परिसरमा छैटौं पटक बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ७ र ८ को स्थानीय जनसमुदायको उपस्थितिमा आज बिहान १० देखि १२ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रममा ६५ जना रक्तदाताले रक्तदान दिएको संस्थाका अध्यक्ष किरण गौतमले परिवर्तन खबरलाई जानकारी दिए ।
कामपा वडा नं. ६,७ र ८ का ११३ स्थानीय बासिन्दा सदस्य रहेको संस्थाले बेलाबेलामा सरसफाई, काजकिरियामा सहयोगका साथै समुदायको हकहितका लागि काम गर्दै आईरहेको छ ।
अघिल्लो बर्षदेखि संस्थाले वर्षमा दुईपटक रक्तदान गर्दै आएको जानकारी संस्थाकी सदस्य स्मिता केसीले बताईन् ।