०९ फागुन २०७६, काठमाडौं
भारतको पूर्वोत्तरमा पर्छ असम राज्य। यो राज्यको गुहाटी शहर नजिकै एउटा मन्दिर छ। यो मन्दिरको नाम ‘माँ कामाख्या’ हो।
भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये यो शक्तिपीठ प्रशिद्ध मानिन्छ। यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन।
पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो। योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ।
त्यसैकारण भक्तजनहरूले यो स्थानलाई साधनका लागि प्रमुख केन्द्रका रुपमा लिन्छन्। यो मन्दिरमा जसको पनि इच्छा पूरा हुन्छ। सोही कारण यो मन्दिरको नाम कामाख्या मन्दिर राखिएको हो।
मन्दिरको तीन भाग छ। पहिलो भाग सबैभन्दा ठूलो छ। यो ठाउँमा सबैलाई प्रवेशको अनुमति छैन। दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ। त्यहाँ कुनै मूर्ति छैन।
तर, एउटा ढुंगा छ। त्यो ढुंगाबाट पानी बगिरहन्छ। यो ढुंगाबाट महिनामा एक पटक रगतको धारा पनि आउने गर्छ। यो किन हुन्छ आजसम्म कसैलाई थाहा छैन।