२० असोज २०७६, काठमाडौं
हेटौंडा उपमहानगरपालिका–१७ राजदेवीमा आइतबार करेन्ट लागेर आमा र छोराको ज्यान गएको छ ।
आइतबार दिउँसो करीब ११:३० बजे ५५ वर्षीया लेखमाया पराजुलीको घाँस काटने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
करेन्ट लागेर कराएकी आमालाई बचाउन खोज्दा छोरा २८ वर्षीय मदन पराजुलीको समेत ज्यान गएको थियो । आमालाई बचाउने क्रममा मदनलाई पनि करेन्ट लागेर ज्यान गएको हो ।